कोटेश्वरमा गेष्ट हाउसभित्रै वेश्यावृत्ति, २ जना पक्राउ
काठमाडौं । नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गेष्ट हाउसका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा २ जना गेष्ट हाउस सञ्चालकलाई प्रहरीले पक्राउ गरेको बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित कमलामाई खाजाघर एण्ड गेस्ट हाउसका संचालक रामेछाप घर भएका २८ वर्षीय गोरे नेवा खड्गी र सिन्धुलीको कमला माई नगरपालिका–४ घर भएका ४२ वर्षीय राजु साही रहेका छन् ।
खड्गी समेतले सञ्चालन गरेको गेष्ट हाउसमा बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले गेष्टहाउसबाट ५ जना बालिकाहरूलाई उद्दार समेत गरेको छ ।
उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया