कांग्रेसको बुधबारको बैठक स्थगित, बुढानिलकण्ठमा नेताहरूबीच छलफल
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकको मिति परिवर्तन भएको छ ।
भाद्र १२ गते बुधबार दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय वीपीनगर, ललितपुरमा बस्ने भनिएको थियो ।
बुधबारको बैठक भाद्र १६ गते आइतबार दिउँसो २ बजे बस्ने गरी मिति परिवर्तन भएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।
केन्द्रीय कार्यसमितिको बैठकले गर्ने निर्णयहरूका बारेमा गृहकार्य गर्नुपर्ने भएपछि बुधबार बस्न लागेको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ ।
मंगलबार बिहान बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा उपसभापति, महामन्त्रीहरूको बैठक बसेको थियो । बैठकमा विभिन्न विषयमा छलफल भएको थियो ।
Published : Tuesday, 2024 August 27, 3:26 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया