मोटरसाइकल बचाउन खोज्दा कपिलवस्तुमा बस दुर्घटना
शिवपुर । कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा बस दुर्घटना भएको छ ।
सोमबार पूर्व–पश्चिम महेन्द्र राजमार्गको बनकसबासमा बस दुर्घटना हुँदा २० जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
सुर्खेतबाट बुटवलतर्फ जाँदै गरेको संयुक्त यातायातको लु २ ख १५९८ नम्बरको बस दुर्घटनामा परेको हो ।
घाइतेमध्ये ४ जनाको बुटवलको चौराहा अस्पताल, ५ जनाको भैरहवा मेडिकल कलेज र ३ जनाको चन्द्रौटास्थित सन्जीवनी सामुदायिक अस्पताल र १ जनाको आधारभूत अस्पताल चन्द्रौटामा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनिश भण्डारीले बताएका छन् ।
मोटरसाइकललाई बचाउने क्रममा बस सडकमा पल्टिएको भण्डारीले बताए । बस चालक प्रहरी नियन्त्रणमा छन् ।
Published : Monday, 2024 August 26, 10:43 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया