परराष्ट्रमन्त्री डा.राणाको निमन्त्रणामा ओमनका विदेशमन्त्री नेपाल भ्रमणमा
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको निमन्त्रणामा ओमनका विदेशमन्त्री सैयद बद्र बिन हमाद बिन हमुद अल्बुसइदी काठमाडौं आएका छन् ।
सोमबार विदेशमन्त्री सैयद काठमाडौं आइपुगेका हुन् । सैयदलाई परराष्ट्र सचिव सेवा लम्सालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छिन् ।
सन् १९७७ देखि ओमन नेपालबीच सम्बन्ध स्थापित भए पनि नेपालमा ओमनको दुतावास छैन ।
दिल्लीबाटै नेपाल हेर्ने गरेको ओमनमा नेपालबाट वैदैशिक रोजगारका लागि श्रमिकहरू जाने गरेका छन् ।
विदेशमन्त्री सैयदले नेपाल भ्रमणमा दुई देशबीचको सम्बन्ध, श्रम कुटनीति लगायत विषयमा छलफल गर्नेछन् ।
सैयदले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी ओलीलाई भेट्ने कार्यक्रम छ । परराष्ट्रमन्त्री डा.राणासँग ओमनका विदेशमन्त्री सैयदले दुईदेशीय हितमा छलफल गर्नेछन् ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया