शेखर कोइरालाको गुटको बैठकलाई गगन–अर्जुनद्वारा बहिस्कार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेता शेखर कोइरालाले राखेको गुटको बैठकलाई बहिस्कार गरेका छन् ।
आइतबार काठमाडौंको बालुवाटार (विशालनगर)मा कोइरालाले गुटको बैठक राखेका थिए । कोइरालाको गुटको बैठकलाई थापाले व्यस्ताको कारण देखाउदै अनुपस्थित भएका हुन् । थापासँग नेता अर्जुन नरसिंह केसी पनि अनुपस्थित भएका छन् । थापा र केसी नातामा ससुरा ज्वाइँ पर्छन् ।
महामन्त्री थापाले आफ्नै गुट सञ्चालन गरिरहेका छन् । थापाले कोइरालालाई चुनौती दिदै आएका छन् ।

महामन्त्री थापा नेता कोइरालाको भेलामा नआएपछि नेता केसी पनि अनुपस्थित भएका छन् । थापा र केसी गुटको भेलामा अनुपस्थित हुनुलाई संयोग नै मानिएको मात्रै छैन की रणनैतिक रहेको कोइराला समूहभित्र चर्चा छ ।
कोइरालाको गुटको बैठकमा उपसभापति धनराज गुरूङ, सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, हृदयराम थानी, दीपक गिरी, सरिता प्रसाईं, प्रतिमा गौतम, किरण यादव, मुक्ताकुमारी यादव, प्रकाश रसाइली, गणेश लामा, दिनेश कोइराला, अजयबाबु शिवाकोटी, गोविन्द पोखरेलको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया