सभापति देउवा र गृहमन्त्री लेखकसँग पाल्पा कांग्रेसका नेताहरूद्वारा भेट
काठमाडौं । नेपाली कांग्रेस पाल्पाका नेताहरूले सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकसँग अलग अलग भेट गरेका छन् ।
शनिबार बुढानिलकण्ठस्थित निवासमा सभापति देउवालाई भेट गरेर नेताहरूले पाल्पामा कांग्रेसको संगठन निर्माणमा केन्द्रबाट निर्देशनात्मक भूमिका खेल्नुपर्ने सुझाव दिएका छन् ।
पाल्पामा कांग्रेसको संगठन निकै कमजोर भएको र विपक्षी दलहरूसँगको प्रतिस्पर्धामा जाँदा विभिन्न अड्चन आउने गरेको भन्दै नेताहरूले सभापति देउवालाई जानकारी गराएको कांग्रेस नेता एवम् महासमिति सदस्य विमल ढकालले बताएका छन् ।
सभापति देउवाले पाल्पा कांग्रेसका विषयमा आफूलाई पनि बेलाबेला कुरा आइरहेको भन्दै सबै साथीहरू मिलेर संगठन निर्माणमा लाग्न निर्देशन दिएका छन् ।
विगतमा पाल्पामा टिकट वितरणमा कांग्रेसको स्थानीय नेतृत्वले केही गल्ती गरेका कारण कांग्रेसका उम्मेदवारहरू धेरै ठाउँमा पराजित हुनु परेको नेताहरूले बताएका छन् ।

आगामी दिनमा टिकट वितरण र संगठन निर्माणमा मिलेर जाने वातावरणका लागि केन्द्रीय नेतृत्वले हस्तक्षेपकारी नीतिका साथ निर्देशनात्मक आदेश दिनुपर्ने नेताहरूले सभापति देउवासँग आग्रह गरेका छन् ।
ललितपुरको भैँसेपाटीस्थित निवासमा कांग्रेसका नेता समेत रहेका गृहमन्त्री लेखकसँग पनि नेताहरूले पाल्पा जिल्लामा प्राकृतिक प्रकोपका साथै शान्ति सुरक्षा लगायतका विषयमा जानकारी गराएका छन् । नेताहरूले गृहमन्त्री लेखकसँग पाल्पामा अविरल वर्षातबाट हुन सक्ने क्षतिप्रति पूर्वतयारीका लागि अनुरोध गरेका छन् ।
भेटका लागि महासमिति सदस्य तथा १४औं महाधिवेशनमा पाल्पा कांग्रेसका सभापतिका प्रत्यासी कृष्णप्रसाद वस्याल, पूर्व क्षेत्रीय सभापति रामबहादुर कार्की, लुम्बिनी कांग्रेस कार्यसमितिका सदस्य कल्प पौडेल, नेपाल तरुण दलका केन्द्रीय सदस्य सचिन विष्ट, नेपाल प्रध्यापक संघका केन्द्रीय कार्यसमितिका पूर्वमहासचिव केशवराज शर्मा, महासमिति सदस्य विमल ढकाल, रिद्धकोट गाउँपालिकाका कांग्रेस सभापति रामचन्द्र पाण्डे, पाल्पा कांग्रेसका पूर्व उपसभापति जुद्धबहादुर थापा लगायतका नेताहरू भेटका लागि गएका थिए ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया