मुस्ताङको बोक्सी खोलामाथि हिमपहिरो
जोमसोम । मुस्ताङको थासाङ–२ बोक्सी खोलामाथि हिमपहिरो गएको छ ।
शुक्रबार दिउँसो थासाङस्थित मानापाथी हिमालको फेदबाट मुलिखर्क हुँदै खसेको हिमपहिरोले छिप्लुङसम्म थुनिएको हो ।
थासाङ गाउँपालिका माथि मानापाथीबाट खसेको हिमपहिरो करिब १ हजार मिटरको दूरीमा जमेर बसेको थासाङ गाउँपालिका–२ का वडाध्यक्ष गौतम शेरचनले जानकारी दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले पनि थासाङको बोक्सी खोलामाथि हिमपहिरो खसेर थुनिएको पुष्टि गरेको छ ।
प्रशासनले कुनै पनि बेला हिमपहिरो फुटेर जोखिम निम्त्याउन सक्ने भएकाले सावधानी अपनाउन त्यसक्षेत्रका बासिन्दालाई सचेत गराएको छ ।
यसअघि २०७८ सालमा पानीपाथी हिमालको फेदबाट हिमपहिरो खस्दा थासाङको कोवाङ, नाउरिकोट र बोक्सी खोला क्षेत्रका स्थानीय हाताहाती भएका थिए ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया