तरुणमाथि खुँडा प्रहार गर्ने टोले गुण्डा ज्ञानु-नारायणको समूहलाई कारबाही गर्न संसदमा कांग्रेसको माग
काठमाडौं । नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले बाँकेमा नेपाल तरुण दलका स्थानीय नेताहरूमाथि ज्ञानेन्द्रराज वली ‘ज्ञानु’को नेतृत्वमा नारायण डाँगीसहित १०/१५ जनाको समूहले खुँडाले सांघातिक आक्रमण गरेको भन्दै कारबाहीको माग गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद भण्डारीले सन्दीप विष्ट ‘स्याण्डी’ र सुलभ मल्लमाथि ज्ञानु–नारायणको समूहले ज्यान लिने गरी धारिलो हतियार खुँडा प्रहार गरेर गम्भीर घाइते बनाएको बताए ।
उनले भने, ‘२०८१ भाद्र १ गते राप्ती सोनारी गाउँपालिका वडा नं. ५ विनौनामा योजनावद्ध रुपमा एक गम्भीर अपराधिक घटना घटाइएको छ ।’
‘राजनीतिको आवरणमा लुकेका अपराधिहरूबाट उक्त आततायी घटना घटाइएको हो भन्नेमा सबैतर्फबाट सूचना आइरहेका छन्’, सांसद भण्डारीले भने ।
भण्डारीले भने, ‘नेपाल तरुण दल राप्ती सोनारी गाउँपालिका बाँकेका सदस्य तरुण नेता सन्दीप विष्ट ‘स्याण्डी’ र सुलभ मल्लमाथि ज्यानमार्ने गरी खुडा प्रहार भएको छ ।’
उनले भने, ‘घाइतेको अवस्था गम्भीर छ र उनीहरूको उपचार भारतको देवीयानी अस्पतालमा भइरहेको जानकारी प्राप्त भएका छन् ।’
सांसद भण्डारीले भने, ‘यसरी ज्यान मार्ने गरी तरुण नेताहरूमाथि सांघातिक हमला गर्ने अपराधिक समूह बनाई क्रियाशील रहेका ज्ञानेन्द्रराज वली ‘ज्ञानु’को नेतृत्वमा नारायण डाँगीसहित १०/१५ जनाको समूहले तरुण दलका नेताहरूमाथि बाटो कुरी बथानेर हत्याको उद्देश्य सहित धारिलो हतियारले आक्रमण गरेको समाचार सार्वजनिक भएका छन् ।’
‘दुई जना निहत्था व्यक्तिमाथि समूहले नै हतियारसहित आक्रमण गर्नु अत्यन्त गम्भीर विषय हो’, उनले भनेका छन् ।
‘उक्त घटनामा संलग्न संधिग्न अपराधीहरू पेशेवर हुन्’, सांसद भण्डारीले भने, ‘उनीहरू सबैलाई तत्काल पक्राउ गरी छानविन गर्ने र दोषिलाई कडाभन्दा कडा कारबाही गर्नका लागि सरकारसंग जोडदार माग गर्दछु ।’
‘यस्ता अपराधीहरू दण्डित नहुने हो भने आपराधिक मनस्थिति भएका मानिसहरूको मनोवल बढने र सर्वसाधारण मानिसहरू आतंकित हुन पर्ने अवस्था रहन्छ’, सांसद भण्डारीले भने ।
‘यस घटनामा गम्भीर घाइते भएका तरुण दल बाँकेका नेताहरू नेता सन्दीप विष्ट ‘स्याण्डी’ र सुलभ मल्लको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्नका लागि पनि माग गर्दछु’, उनले भने ।
‘घाइते भई उपचाररत तरुण नेताद्वयको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु’, कांग्रेस सांसद भण्डारीले भनेका छन् ।
‘ज्ञानु’ भनिने ज्ञानेन्द्रराज वली गुण्डा नाइके चक्रे मिलन निकटका हुन् । चक्रे मिलनलाई केही समय अगाडि बाँकेमा ल्याएर हतियारसहित हिँडाएको भिडियो उनै ज्ञानुले सार्वजनिक गरेर आतंक मच्चाएका थिए ।
एमालेबाट टिकट पाएर वडाध्यक्षमा निर्वाचित भएका ज्ञानुको आतंक बाँके जिल्लामा निकै बढेको छ । ज्ञानुलाई अपराधमा नारायण डाँगीसहितका टोले गुण्डाहरूले साथ दिँदै आएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया