परराष्ट्रमन्त्री डा.राणा र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री डा.राणा र भारतीय विदेशमन्त्री एस. जयशङ्करबीच भेटवार्ता भएको छ ।
नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटमा सोमबार डा.राणा र जयशङ्कबीच भेटवार्ता भएको हो । भेटमा द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भएको परराष्ट्रमन्त्री डा.राणाको निजी सचिवालयले जनाएको छ ।
‘यस भ्रमणबाट सदियौँ पुरानो नेपाल–भारत सम्बन्ध थप बलियो बन्ने अपेक्षा मैले गरेको छु’, परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन् ।
भारतको औपचारिक भ्रमणका परराष्ट्रमन्त्री डा.राणा आइतबार नयाँ दिल्ली प्रस्थान गरेकी थिइन् । भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री डा.राणा भारत भ्रमणमा गएकी हुन् ।
Published : Monday, 2024 August 19, 2:09 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया