अर्घाखाँचीका सीडीओ खत्रीलाई विभागको महानिर्देशकमा सरुवा
काठमाडौं । सरकारले वैदेशिक रोजगार विभागको महानिर्देशकमा सह–सचिव सूर्यबहादुर खत्रीलाई सरुवा गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव खत्रीलाई विभागको महानिर्देशक बनाउने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।
यसअघि, खत्री अर्घाखाँची जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) थिए । सरकारले उनलाई अर्घाखाँचीबाट सरुवा गरेर विभागमा ल्याएको छ ।
विभागमा महानिर्देशक रहेका डन्डुराज घिमिरे मन्त्रालयमा फिर्ता बोलाइएको छ । घिमिरेले विभागमा करिब ७ महिना महानिर्देशकको जिम्मेवारी सम्हालेका छन् ।
Published : Sunday, 2024 August 18, 10:00 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया