गृहमन्त्री लेखकद्वारा कतारमा रहेका नेपाली कामदारहरूलाई २४सै घण्टा बीमा, राहत र उद्धारका लागि आग्रह
काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा रहेका नेपालका विपिन जोशीलाई रिहाइको लागि सहयोग गरिदिन कतारसँग आग्रह गरेका छन् ।
सिंहदरबारमा बिहीबार गृहमन्त्री लेखक र नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीबीच भएको भेटमा विपिन जोशीको रिहाइका लागि सहयोग गर्न आग्रह गरिएको हो ।
भेटमा मन्त्री लेखकले हमासको अपहरणमा रहेका नेपाली विद्यार्थी जोशीको रिहाइका लागि आवश्यक सहयोग गरिदिन राजदूत अन्सारीलाई आग्रह गरेको गृहमन्त्री लेखकको सचिवालयले जनाएको छ ।
अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा जोशीलाई अपहरण गरेको थियो । राजदूत अन्सारीले जोशीको रिहाइका लागि कतारले आवश्यक पहल गरिरहेको जानकारी दिएका थिए ।
कतारमा रहेका नेपाली कामदारहरूलाई २४ घण्टा नै बिमाको व्यवस्था तथा कतारमा रही मृत्यु एवं घाइते भएका नेपालीहरूको राहत र उद्धारमा ध्यान दिन गृहमन्त्री लेखकले आग्रह गरेका छन् ।
उनले विभिन्न जेलमा सजाय भोगिरहेका नेपाली नागरिकलाई आममाफी तथा सजाय छुट व्यवस्था मिलाइदिन राजदूतसँग आग्रह गरेका छन् ।
सीमापार हुने आर्थिक अपराध नियन्त्रणका विषयमा नेपाल र कतारबीच सहकार्य बढाउनेपर्नेमा समेत मन्त्री लेखकले आग्रह गरेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया