घोराहीमा पार्किङभित्रै डिलक्स बसमा ठूलो क्षति

घोराही । दाङको घोराही उपमहानगरपालिकामा पार्किङमा रोकीराखेको डिलक्स बसमा अर्को बसले ठक्कर दिँदा क्षति भएको छ ।

घोराहीस्थित गौतम पार्किङस्थलमा राखिएको ना ५ ख ८८४१ नम्बरको बसमा प्यूठान चल्ने बसले ठक्कर दिँदा क्षति पुगेको हो ।

बसका मालिक विनोद आचार्यका अनुसार पार्किङमा राखिएको बसमा प्यूठान चल्ने बसले ठक्कर दिएर क्षति पुर्‍याइएको छ ।

दशैँका बेला यात्रु बोकेर कमाइ हुने बेला बसमा क्षति पुगेपछि समस्या भएको छ ।

Published : Friday, 2018 September 28, 7:36 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया