यी महिलाले देखाइन् अचम्मको हर्कत
लण्डन । नाओमी ज्याकब्स उठिन् तर, आफू को हो उनलाई केही थाहा भएन । सन् २००८ को अप्रिलमा ब्रिटेनको शहर म्यान्चेस्टरमा एक सानो घरमा उठ्दा उनी अचम्ममा परिन् ।
उठ्दा उनलाई लागेको थियो, उनी १५ वर्षे किशोरी हुन् । वास्तवमा उनी ३२ वर्षकी महिला थिइन् । उनी उठ्दा सन् २००८ मा थिइन् । उनका लागि यो सन् १९९२ थियो । उनी पछिल्लो शताब्दीमा आइपुगेकी थिइन् ।
‘पहिलो केही सेकेन्ड त मैले सपना देखिरहेकी छु जस्तो लागेको थियो’, उनले भनेकी छिन्, ‘यो त एउटा नराम्रो सपना थियो । म जुन कोठामा उठेँ । त्यसलाई पनि मैले चिन्नै सकिनँ ।’
उनले भनिन्, ‘मलाई लागिरहेको थियो कि म १५ वर्षे किशोरी हुँ । मेरो सबै भावना १५ वर्षकी किशोरीको थियो र मैले सोचिरहेको थिएँ कि यो सन् १९९२ हो ।’
त्यो समय सन् १९९२ नभई सन् २००८ थियो । उनी १५ वर्षकी किशोरी होइन ३२ वर्षे महिला थिइन् । नाओमीले पछिल्लो डेढ दशकको आफ्नो सबै स्मरणशक्ति गुमाइसकेकी थिइन् । बीबीसी
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत