यी महिलाले देखाइन् अचम्मको हर्कत

लण्डन । नाओमी ज्याकब्स उठिन् तर, आफू को हो उनलाई केही थाहा भएन । सन् २००८ को अप्रिलमा ब्रिटेनको शहर म्यान्चेस्टरमा एक सानो घरमा उठ्दा उनी अचम्ममा परिन् ।

उठ्दा उनलाई लागेको थियो, उनी १५ वर्षे किशोरी हुन् । वास्तवमा उनी ३२ वर्षकी महिला थिइन् । उनी उठ्दा सन् २००८ मा थिइन् । उनका लागि यो सन् १९९२ थियो । उनी पछिल्लो शताब्दीमा आइपुगेकी थिइन् ।

‘पहिलो केही सेकेन्ड त मैले सपना देखिरहेकी छु जस्तो लागेको थियो’, उनले भनेकी छिन्, ‘यो त एउटा नराम्रो सपना थियो । म जुन कोठामा उठेँ । त्यसलाई पनि मैले चिन्नै सकिनँ ।’

उनले भनिन्, ‘मलाई लागिरहेको थियो कि म १५ वर्षे किशोरी हुँ । मेरो सबै भावना १५ वर्षकी किशोरीको थियो र मैले सोचिरहेको थिएँ कि यो सन् १९९२ हो ।’

त्यो समय सन् १९९२ नभई सन् २००८ थियो । उनी १५ वर्षकी किशोरी होइन ३२ वर्षे महिला थिइन् । नाओमीले पछिल्लो डेढ दशकको आफ्नो सबै स्मरणशक्ति गुमाइसकेकी थिइन् । बीबीसी

Published : Thursday, 2018 September 27, 9:21 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया