गृहमन्त्री लेखक र राजदूत श्रीवास्तवबीच भेटवार्ता
काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् ।
बुधबार सिंहदरबारस्थित गृह मन्त्रालयमा लेखकसँग राजदूत श्रीवास्तवले भेट गरेर कार्यकालको शुभकामना र बधाई दिएका हुन् ।
भेटका क्रममा नेपाल–भारतबीचको सम्बन्ध र अन्य विविध विषयमा कुराकानी भएको गृहमन्त्री लेखकको सचिवालयले जनाएको छ ।
गृहमन्त्री लेखकलाई भारतको तर्फबाट हुने सहयोग गर्न तयार रहेको आश्वासन राजदूत श्रीवास्तवले दिएका छन् ।
Published : Wednesday, 2024 July 17, 6:46 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया