गृहमन्त्रीमा लेखक आउनेवित्तिक गठन गरेको कार्यदलद्वारा सिमलतालको स्थलगत अध्ययन
काठमाडौं । गृहमन्त्री रमेश लेखकले पदबहाली गर्नेवित्तिकै गठन गरेको चितवनको सिमलतालमा पहिरोले दुई वटा बस बगाएको बारे अध्ययन गर्न बनेको कार्यदलले काम शुरु गरेको छ ।
बुधबार कार्यदलका सदस्यहरू घटनास्थल सिमलतालमा आइपुगेका छन् । उनीहरूले घटनास्थलको अवलोकन गर्नुका साथै सुरक्षाकर्मी र स्थानीयसँग कुराकानी गरेका छन् ।
नेपाली कांग्रेसका नेता लेखक गृहमन्त्रीको शपथ लिनेवित्तिकै पदबहाली गर्ने क्रममा कार्यदल बनाउने पहिलो निर्णय गरेका थिए ।
कार्यदलका सदस्यहरूले पहिरो खसेको स्थान, गाडी खसेको स्थान, त्रिशूली नदी किनारको अवलोकन गरेका छन् । घटना कसरी रोक्ने भन्ने विषयमा अध्ययन गरिने सहसचिव रिजालले बताए ।
पीडित परिवारले मृतकको शव अस्पतालमा गल्न थालेको गुनासो गरेका थिए । अस्पताल प्रशासनले शव गृहलाई व्यवस्थित गराउनुपर्ने विषय उनले बताए ।
निवर्तमान गृहमन्त्री रवि लामिछाने पदमा रहँदासम्म दुई वटा बस पहिरोले बगाएको स्थानका बारेमा खासै चासो दिएनन् । मन्त्री पद फुत्किएको ४ पछि मंगलबार युट्यूबहरू लिएर दलबलसहित सिमलतालमा पुगेर बबाल गरेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया