सहकारी ठगका आरोपी लामिछाने गृहमन्त्री फुत्किएको २ दिनपछि नौटंकी देखाउन सिमलताल पुगे

काठमाडौं । सहकारीको करोडौं रकम अपचलन र ठगीको आरोप खेप्दै आएका निवर्तमान गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रविम लामिछानेले दुइटा बस पहिलो बगाएको स्थलमा पुगेर नौटंकी देखाएका छन् ।

गृहमन्त्रीको पदमा रहँदासम्म लामिछाने चितवनको भरतपुर महानगरपालिका अन्तर्गत पर्ने सिमलतालमा गएनन् । लामिछानेल अल्पमतमा परेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा रहेर गृहमन्त्री पदको स्वाद लिइरहे । राजीनामा गोजीमा बोकेर हिँडेको छु भन्ने लामिछाने सिंहदरबारभित्र रहेको गृहमन्त्रालयमा अन्तिम दिनसम्म पनि राइँदाइँ गरिरहे ।

आफू पनि राजीनामा दिएनन् । आफ्नो दलका मन्त्रीहरूलाई पनि राजीनामा दिन दिएनन् । पहिरोले २ वटा बस बगाएको बेला उनी आएनन् । बरु बल्ल युट्युबहरू बोकेर सिमलताल पुगेपछि आलोचना भइरहेको छ ।

सरकारबाट बाहिरिएको पाँच दिनपछि लामिछाने पहिरोले दुइटा बस बगाएको स्थान सिमलतालमा पुगेर सुरक्षाकर्मी र स्थानीयलाई अन्टसन्ट आदेश दिएका छन् । लामिछाने गृहमन्त्री पद खुस्किएको भोलिपल्ट सिमलताल आइपुगेका छन् ।

शुक्रबार सिमलतालमा पहिरोले दुई वटा बसलाई बगाएको थियो । गृहमन्त्री रहँदासम्म सिन्को भाँच्न नसकेका लामिछानेले यस्तै स्टन्ट गरेर चर्चा पाउँदै आएका छन् । लामिछानेका यस्ता हर्कतले सर्वसाधारण निकै आजित बनेका छन् ।

काठमाडौंबाट गौर जाँदै गरेको एञ्जल यातायातको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बसमा ४ जना महिला र २३ जना पुरुष रहेका थिए। वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको गणपति डिलक्स बसमा ५ महिलासहित ३८ जना सवार थिए ।

गणपति डिलक्सका ३ यात्रुले भने त्रिशूलीमा खसेको बसबाट पौडिएर ज्यान बचाएका थिए । दुर्घटनामा बेपत्ता भएकामध्ये हालसम्म १५ यात्रुको शव फेला परिसकेको छ । कम्तिमा ४७ को अवस्था अझै अज्ञात छ ।

Published : Tuesday, 2024 July 16, 8:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया