रसिया-युक्रेन लडाइँमा गएका नेपालीलाई युद्धबारे नै जानकारी छैन : परराष्ट्रमन्त्री डा.राणा
काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले कुटनैतिक सम्बन्धमा नेपालले सधैँ पञ्चशीलको आधारमा काम गर्ने बताएकी छिन् ।
सिंहदरबारमा सोमबार परराष्ट्र मन्त्रालयमा मन्त्री पदको पदभार ग्रहण गरेपछि आयोजित पत्रकार सम्मेलनमा डा.राणाले कुटनैतिक रुपमा आफूले अन्य देशहरूसँग काम गर्ने बताइन् । उनले नेपालको दुई छिमेकी राष्ट्र ठूला शक्ति राष्ट्र रहेको भन्दै पञ्चशीलका आधारमा अगाडि बढ्ने बताइन् ।
उनले भनिन्, ‘हाम्रो पूर्वजहरूले हाम्रो देशलाई अहिलेसम्म बचाएर ल्याएको हो । हामी सार्वभौम सत्ता सम्पन्न देशको रुपमा रहेका छौँ । अब आउने पिढीको लागि पनि काम राख्नुपर्छ । यो कामलाई लिडरसिप गरेर लैजाने भनेको हाम्रो परराष्ट्र मन्त्रालय हो ।’
‘हामी कुनै ठूलो सेना भएको देश पनि होइन । पिसफुलमा, पञ्चशिलमा विश्वास गर्ने राष्ट्र हो । यो रुपले हामी अगाडि बढिरहेका छौँ’, परराष्ट्रमन्त्री डा.राणाले भनिन् ।
‘हाम्रो देशमा अहिलेसम्म जति जना पनि प्रधानमन्त्री हुनुभयो । परराष्ट्र मन्त्री हुनुभयो । राजदूत हुनुभयो । धेरै डिप्लोम्याटहरूले धेरै अफ्ठ्यारो टाइममा रोल खेलेर हामी यहाँसम्म ईन्डिपेन्ड स्वभरेन्टी कन्ट्रीको रुपमा स्थापित छौं । यो भूमिकालाई पनि अगाडि बढाउनु पर्ने देखिन्छ’, उनले भनिन् ।
‘जिओ पोलिटिक्स अहिले पहिलाको भन्दा भिन्दै भएर गइरहेको हामी सबैलाई थाहा छ । योभन्दा पहिला पनि यस्तै अफ्ठ्याराहरू नभएको होइन, इतिहाँसमा । त्यस्तो समयमा पनि नेपालले आफ्नो स्वतन्त्रता कायम राखेर बसेको हुनाले भविष्यमा पनि हामी यसैगरी जान सक्छौँ’, उनले भनिन् ।
‘हाम्रो देशको समृद्धिमा पनि परराष्ट्र मन्त्रालयले धेरै राम्रो भूमिका खेल्न सक्छ र खेलिरहेको पनि छ’, डा.राणाले भनिन् ।
‘हामी ईन्डिपेन्ड कन्ट्री छौँ । मल्टिल्याटिजममा हामी यूएनका पनि मेम्बर छौँ । आइसेनका मेम्बर छौँ । धेरै अन्तर्राष्ट्रिय सन्धिहरू पनि हामीले साइन गरेका छौँ । ह्युमन राईट फ्रेम वर्क, डेभलपमेन्ट फ्रेम वर्क, ईभन ट्रेड वर्क फ्रेम वर्कमा पनि हामीले कमिटमेन्टहरू गरेका छौँ’, उनले भनिन् ।

‘त्यो कमिटमेन्टले हामीलाई पनि फाइदा भएको छ । अरु देशहरूसँग पनि हाम्रो दौत्य सम्बन्ध कायम भएको छ । यसलाई पनि हामील कसरी प्रभावकारी रुपले अगाडि बढाउने यो हाम्रो लागि च्यालेन्ज छ’, डा.राणाले भनिन् ।
‘नेपाल बाहिर बस्ने नेपालीहरू, वहाँहरूको लागि…आज मन्त्री फस्ट टाईम हो । हाइलेबल पोलिटिशन वाइफ ईटज माई ३० एयर्स । हिजो मात्रै मेरो ३० वर्षको एनभर्सी सेलिब्रेट गरेका छौँ’, उनले भनिन् ।
‘पराष्ट्रको कुरा नजिकबाट हेरिन्छ । हाम्रो नागरिकहरू अरुको देशमा बसिरहेका छन् । कति जनाले सिटिजन सिप पनि लिए’, डा.राणाले भनिन्, ‘कति जना व्यापार गरिरहेका छन् । कतिले अध्ययन गरिरहेका छन् । उनीहरूको लागि के गर्न सक्छौँ । हामीले झन् राम्रो सेवा कसरी गर्ने ? विदेशमा हाम्रा नागरिकलाई जति सेवा दिनुपर्ने त्यो गर्न सकिरहेका छैनौँ । मैले विदेशमा तपाईहरू कति जनालाई भेटेको पनि छु ।’
परराष्ट्रमन्त्री डा.राणाले युक्रेन र रसियामा रहेका नेपाली दाजुभाइहरूलाई युद्धका बारेमा जानकारी समेत नरहेको बताइन् । उनले अघिल्लो सरकारले नै उद्धारका लागि प्रयास गरिरहेको अहिलेको सरकारले पनि उद्धारको प्रयास गर्ने बताएकी छिन् । उनले इजरायलमा अपहरणमा परेका विपिन जोशीको उद्धारका लागि पनि पहल गरिने बताएकी छिन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया