परराष्ट्रमन्त्री डा.राणाद्वारा बंगलामुखी मन्दिरमा दर्शन
काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले पदभार ग्रहण गर्नु अगाडि बंगलामुखी मन्दिरमा दर्शन गरेकी छिन् ।
राष्ट्रपति भवन शीतलनिवासमा साेमबार राष्ट्रपति रामचन्द्र पौडेलसंग शपथ लिएपछि परराष्ट्रमन्त्री डा.राणाले बंगलामुखी मन्दिरको दर्शन गरेकाे स्वकिय सचिव कमल रावलले जानकारी दिए । रावलले भने, `परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाज्यूले पदभार ग्रहण गर्नु अगाडि बंगलामुखी मन्दिरकाे दर्शन गर्नु भएकाे छ ।´
त्यस अगाडि मन्त्री डा.राणाले पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा वीपी काेइरालाप्रति श्रद्धाभाव प्रकट गरेकी थिइन् ।
नवनियुक्त परराष्ट्रमन्त्री डा.राणाले सिंंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा आफ्नो कार्यकक्षमा पदभार सम्हालेकी छन् ।


Published : Monday, 2024 July 15, 4:04 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया