कांग्रेस र एमालेबीच मन्त्रालयमा भागबण्डा, साना दललाई ४ मन्त्रालय
काठमाडौं । नेपाली कांग्रेस र एमालेबीच मन्त्रालयको भागबण्डा भएको छ ।
सहमतिअनुसार कांग्रेसले गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शहरी विकास मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय लिने तयारी भएको बुझिएको छ ।
एमालेको भागमा अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, रक्षा मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय परेको छ ।
कांग्रेस र एमालेले लिएर बाँकी रहेका मन्त्रालयमा साना दल जसपा, जसपा नेपाल, लोसपा र जनमत पार्टीलाई ल्याउने गरी राख्ने तयारी भएको छ ।
साना दललाई पनि सरकारमा सहभागी गराउने हिसाबले ४ मन्त्रालय खाली राखिएको छ ।
एमालेका अध्यक्ष केपी ओली आइतबार साँझ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । ओलीले सोमबार बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिनेछन् ।
प्रधानमन्त्री ओलीले सोमबार एमाले र कांग्रेसका केही मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउने छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया