सभापति देउवाले हस्ताक्षर गरेपछि ओलीलाई प्रधानमन्त्री पद पक्क, आइतबार नियुक्ति र शपथ
काठमाडौं । नेपाली कांग्रेसको समर्थनमा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीका लागि दाबी पेश गरेका छन् ।
शुक्रबार राति कांग्रेसका सभापति शेरबहादुर देउवासहित राष्ट्रपति कार्यालय शीतल निवास पुगेर ओलीले दाबी पेश गरेका हुन् ।
ओलीले नेपाली कांग्रेसका ८८ र एमालेका ७७ गरी कुल १६५ सांसदको समर्थनमा दाबी पेश गरेका हुन् ।
राष्ट्रिपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२)अनुसार नयाँ सरकार गठनका लागि आइतबार साँझसम्मको समयसीमा दिएर शुक्रबार आव्हान गरेका थिए ।
नेपाली कांग्रेस र एमालेबीच गत असार १७ गते नयाँ समीकरणमा सहमति बनेसँगै प्रचण्डले संविधानको धारा १०० को उपधारा–२ अनुसार विश्वासको मत लिने निर्णय गरेका थिए ।
राष्ट्रपति पौडेलले एमालेका अध्यक्ष ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्ने भएका छन् । आइतबार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेर त्यही दिन साँझ नै शपथ गराइनेछ ।
प्रधानमन्त्री बनेको १८ महिनामा पाँचौँ पटक विश्वासको मत लिँदा दाहालले संसदमा आफ्नो पक्षमा बहुमत जुटाउन असफल हुँदै खुमलटार सरिसकेका छन् ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया