सांसदहरूलाई कांग्रेसको निर्देशनले प्रचण्डलाई झन् तनाब

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ ।

बिहीबार कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ह्वीप जारी गरेर असार २८ गते शुक्रबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री दाहालको विपक्षमा मतदान गर्न भनेका हुन् ।

लेखकले कांग्रेसका सांसदहरूलाई संसदको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र प्रधानमन्त्री दाहालले आफूमाथि प्रतिनिधि सभाको विश्वास छभन्ने प्रस्तावको विपक्षमा मतदान गर्न व्हीप जारी गरेका हुन् ।

कांग्रेस र एमालेसहितका दलहरू मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउन लागेका छन् । अल्पमतमा रहेको प्रचण्डको सरकार शुक्रबार ढल्नेछ । संभवत शुक्रबार नै एमालेका अध्यक्ष केपी ओलीलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने सम्भावना छ ।

Published : Thursday, 2024 July 11, 11:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया