उद्धार र राहतमा खटिन भ्रातृ संस्थाहरूलाई कांग्रेसको निर्देशन
काठमाडौं । नेपाली कांग्रेसले अविरल वर्षाका कारण आएको बाढी, पहिरो लगायतका प्राकृतिक विपदमा परी दर्जनौं नागरिकले ज्यान गुमाइसकेको भन्दै चिन्ता जनाएको छ ।
बुधबार कांग्रेसले विज्ञप्ति जारी गरेर भनेको छ, ‘ठूलो संख्यामा नागरिकहरू घाइते भएका छन्, कतिपय अझै वेपत्ता छन्, धेरैको संख्यामा विस्थापित हुन पुगेका छन्, खेतीयोग्य जमीनमा क्षति पुगेको छ, देशभरकै सडक सञ्जाल अवरुद्ध भएका छन्, यात्रुहरु अलपत्र परेका छन् ।’
‘यसबाट उत्पन्न परिस्थितिले नागरिकको जनजीवन कष्टकर भएको छ’, कांग्रेसले भनेको छ, ‘सम्पूर्ण पीडितहरुको यो संवेदनशीलताप्रति नेपाली कांग्रेस सहानुभूति प्रकट गर्दछ ।’
कांग्रेसले भनेको छ, ‘यस घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यथाशीघ्र प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीन वटै तहका सरकारहरुले आवश्यक समन्वय र ब्यवस्थित योजना साथ सम्पूर्ण रुपले ध्यान केन्द्रित गर्न नेपाली कांग्रेस आग्रह गर्दछ ।’
‘सम्पर्क विहीनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेहरूलाई सम्पूर्ण उपचारको व्यवस्था गरी प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन आवश्यक कार्य गर्न नेपाली कांग्रेस सरकारसँग आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
‘प्रभावित जिल्लाका नेपाली कांग्रेस र भ्रातृ एवं शुभेच्छुक संस्थाका सबै तहले एकआपसमा समन्वय गरी सम्पूर्ण सांगठनिक संरचनाका साथीहरूलाई परिचालन गरी उद्धार र राहतको कार्यमा सहयोग पु¥याउँदै पहिरो एवं डुबानमा पर्न सक्ने थप जोखिम क्षेत्रको पहिचान गरी उक्त क्षेत्रबाट अन्य सुरक्षित स्थानमा नागरिकको स्थानान्तरण गराउने कार्यमा जुट्न नेपाली कांग्रेस अपील गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले भनेको छ, ‘प्राकृतिक प्रकोपमा जीवन गुमाउनु भएका सबैप्रति नेपाली कांग्रेस भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।’
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया