भावी प्रधानमन्त्री ओली र कामचलाउ हुन लागेका प्रधानमन्त्री दाहालबीच भेट, बालुवाटारमा सन्नाटा
काठमाडौं । नेपाली कांग्रेससँग सत्तासमीकरण गरेर प्रधानमन्त्री बन्न लागेका एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गरेका छन् ।
बालुवाटारमा पुगेर मंगलबार बिहान ओलीले दाहाललाई भेट गरेका हुन् । ओलीले सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको जानकारी दाहाललाई लगाएको बुझिएको छ ।
एमालेबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले समर्थन राजीनामा दिन लागेका छन् । एमालेले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिएर दाहाल सरकारलाई अल्पमतमा पार्न लागेको छ ।
भेटमा ओलीले दाहाललाई प्रधानमन्त्री पदबाट राजीनामा दिएर बाटो क्लियर पारिदिन आग्रह गरेको बालुवाटार निकट उच्च स्रोतले जनाएको छ ।
ओलीको कुरा र प्रस्ताव सुनेपछि झसङ्ग भएका दाहालले आफ्नो प्रधानमन्त्री पद बचाउन संसदमा अविश्वासको मतसम्म फेस गर्ने संकेत गरेका छन् ।
सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा एक महिनाभित्र विश्वासको मत लिनुपर्छ । दाहालले ओलीलाई चिढ्याउन तत्काल राजीनामा दिने मुडमा छैनन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया