प्रचण्ड–ओलीबीच बालुवाटारको बार्दलीमा वार्ता, छोरीले सार्वजनिक गरिन् तस्बिर
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।
सोमबार बिहान बालुवाटारमा दाहाल र ओलीबीच भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्री दाहालकी छोरी गंगा दाहालले बताएकी छिन् । गंगा दाहालले भनेकी छिन्, ‘दुई नेताबीच समसामयिक राजनीतिक विषय र सरकारका काम अझै प्रभावकारी बनाउनेबारे छलफल हुँदै । बालुवाटार ।’
प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच बालुवाटारस्थित प्रधानमन्त्री निवासको भवनको बार्दलीमा बसेर कुराकानी भइरहेको तस्बिर प्रधानमन्त्री दाहालकी छोरी गंगा दाहालले सार्वजनिक गरेकी छिन् ।
यसअघि, एमालेका अध्यक्ष ओलीले दाहाललाई बालकोटस्थित आफ्नै निवासमा बोलाएर वार्ता र सम्वाद गर्ने गर्थे । यसपटक ओलीलाई दाहालले बालुवाटारको बार्दलीमा ल्याएर तस्बिर सार्वजनिक गरेका छन् ।
शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीबीच भेट भएको थियो । देउवा र ओलीबीच भएको भेटवार्तापछि आत्तिएका प्रधानमन्त्री दाहालले ओलीसँगको वार्तालाई बाक्लो बनाएका छन् ।
यसअघि आइतबार पनि ओलीसँग दाहालले भेटवार्ता गरेर सम्झाउने प्रयास गरेका छन् । ओलीसँगको छलफलपछि दाहालले रास्वपाका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेलाई पनि बोलाएर ३ नेताबीच कुराकानी भएको थियो ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया