सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।
शनिबार भक्तपुरको बालकोटस्थित ओलीको निवासमा दुई शीर्ष नेताबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिक अवस्थाका विषयमा कुराकानी भएको बुझिएको छ ।
सभापति देउवा र अध्यक्ष ओलीबीच लामो समयदेखि एक्लाएक्लै सम्वाद नभइरहेका बेला बालकोटमा भेटवार्ता भएको छ ।
दुई शीर्ष नेताबीच सरकारको बजेट र कामकारबाहीका विषयमा पनि कुराकानी भएको बुझिएको छ । भेटवार्ताका विषयमा दुवै शीर्ष नेता सभापति देउवा र अध्यक्ष ओलीले केही भनेका छैनन् ।
Published : Saturday, 2024 June 29, 8:32 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया