संसदप्रति कांग्रेसको उत्तरदायीपूर्ण निर्णय, प्रभावकारी भूमिका खेल्न निर्देशन
काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई प्रतिनिधिसभाको बैठकमा न्यून उपस्थिति रहेको भन्दै आफ्ना सांसदहरूलाई अनिर्वाय उपस्थित हुन निर्देशन दिएको छ ।
शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले सांसदहरूलाई अनिवार्य उपस्थित हुन र भूमिका खेल्न निर्देशन दिएको हो ।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘हाल नेपाली कांग्रेस संघीय संसदमा प्रमुख प्रतिपक्षको भूमिकामा रहेको सर्वविदितै छ ।’
‘प्रमुख प्रतिपक्षमा रहेको बखत संसदमा जनताका आवाज घनिभूत रुपमा मुखरित गर्नुपर्ने हुँदा त्यसका लागि संसदका बैठकहरूमा उपस्थिति अनिवार्य हुन्छ’, कांग्रेसले भनेको छ ।
‘हाल संघीय संसदका बैठकहरूमा माननीय सदस्यहरूको उपस्थिति न्यून हुने गरेको छ’, कांग्रेसले भनेको छ ।
‘नेपाली कांग्रेस संसदीय दलको यो बैठक संसदीय दलका सबै सदस्यलाई संसदका आगामी बैठकहरूमा अनिवार्य उपस्थित भई प्रभावकारी भूमिका निर्वाह गर्न निर्देश गर्दछ’, कांग्रेसले भनेको छ ।
सत्ता पक्ष दलका सांसदहरू प्रतिनिधिसभाको बैठकहरूमा निकै न्यून उपस्थिति भइरहेका बेला प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई नियमित रुपमा अनिवार्य रुपमा उपस्थित भइ प्रभावकारी रुपमा भूमिका खेल्ने निर्णय गरेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया