आलोचना भएपछि प्रचण्डद्वारा ओली-लामिछानेसँग भेट, राजदूतहरूको भागबण्डा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका अध्यक्ष खड्गप्रसाद ओली र गृहमन्त्री समेत रहेका रास्वपाका सभापति रवि लामिछानेसँग छलफल गरेका छन् ।
बिहीबार सिंहदरबारमा दाहालले ओली र लामिछानेसँग बजेट, राजदूत नियुक्तिमा भागबण्डा लगायतमा छलफल गरेको बुझिएको छ । स्रोतका अनुसार माओवादी केन्द्र, एमाले र रास्वपाबीच राजदूतको भागण्डा भएको छ ।
केही दिन अगाडि एमाले–माओवादी–रास्वपा गठबन्धन सरकारले विभिन्न देशका राजदूतहरू फिर्ता बोलाउने निर्णय गरेको थियो । फिर्ता बोलाइएका देशमा नयाँ राजदूत दलीय आधारमा भागबण्डा गरेर पठाउने सहमति दाहाल, ओली र लामिछानेबीच भएको बुझिएको छ ।
संसदमा छलफल भइरहेको बजेटमा एमाले र रास्वपाका सांसदहरूले निकै ठूलो स्वरमा विरोध गरेपछि आत्तिएका प्रधानमन्त्री दाहालले सो विषयमा पनि ओली र लामिछानेसँग परामर्श गरेका छन् । बजेटलाई पारित गर्ने सहमति गरेका तीन दलका शीर्ष नेताहरूले गठबन्धनलाई बलियो बनाएर जाने सहमति गरेको बुझिएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया