खेलकुदमा गणेशमान सिंहलाई १० लाख, मदनभण्डारी एकेडेमीलाई २ करोड, कांग्रेसद्वारा आपत्ति
काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले युवा तथा खेलकुदमन्त्रीलाई हिम्मत नहार्न हौसला दिँदै खेलकुदको बजेट विनियोजन गर्दा दवावमा वितरण गरेको भनेर असन्तुष्टि जनाएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सहभागी हुँदै पूर्वमन्त्री समेत रहेका सांसद बस्नेतले खेलकुदको बजेट विनियोजन दवावमा बनेको तथ्यले पुष्टि गरेको बताए ।
उनले भने, ‘धेरै कुराहरू उठे बजेट कम भएको छभन्नेबारेमा मन्त्रीज्यू पनि युवा नै हुनुहुन्छ । यहाँ राजीनामाका कुरा पनि आए ।’
‘मेरो सुझाव के छ भने, कुनै बेला ओलम्पिक गेममा जितबहादुर केसी जानुभएको थियो, म्याराथन धावकको हैसियतले दौडदा दौडदै जुत्ता च्यातियो । आधा दौडसम्म उहाँ अगाडि हुनुहुन्थ्यो । जुत्ता च्यातिएपछि खाली खुट्टा हिँड्नुभयो । रगताम्य हुनुभयो । पछि ढल्नुभयो’, उनले भने ।
‘त्यस्तो अवस्थाबाट नेपालको खेल क्षेत्र शुरु भएको छ । अहिले त केही राम्रो भएको छ’, बस्नेतले भने ।
‘खेल क्षेत्रमा बजेट छुट्टिएको छ । यो निरासाजनक नै हो । धेरै माननीयज्यूहरूले सहयोग गर्छु भन्नुभएको छ । तपाईले कस्सिएर अर्थ मन्त्रालयमा कुरा गर्नुभयो भने बजेट थप हुन सक्छ’, उनले भने ।
‘उदाहरणको लागि सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूको क्याबिनेटमा म पनि स्वास्थ्यमन्त्री थिएँ । पैसा एकदमै कम भयो । १२ अर्ब पैसा मैले थप गरेर लगेको मैले बजेट भाषणपछि । निराश हुनुपर्ने कुरा छैन’, उनले भने ।
‘राजीनामाको कुरा होइन हिम्मत गरेर अगाडि बढ्नुस् । यस्तो युवाहरूले अरुलाई निराश हुने कुरा नगर्नुस्’, उनले भने ।
‘बजेट कम छ तपाईले धेरै ठाउँमा बाँड्नुभएन । त्यसमा तपाईको कमीकमजोरी छैन । गल्ती छैन । तर, प्राथमिकीकरण के केमा गर्नुपर्ने हो भन्ने कुरामा तपाईको भूमिका कमजोर देखिएको छ । त्यति मात्रै होइन दवावमा यो बजेट बनेको कुरा म एउटा उदाहरण दिन चाहन्छु । गणेशमान सिंह स्मृति, पुरुष र महिला बक्सिङ प्रतियोगितामा गत वर्ष ५० लाख रुपियाँ छुट्टाइएको थियो । अहिले तपाईले झारेर १० लाख पार्नुभए छ । मदनभण्डारी स्मृति स्पोर्टस् एकेडेमीमा ५० लाख थियो, दुई करोड पु¥याउनु भयो । यो त भएन नी ? यो आपत्तिजनक छ । यो दवावमा बनाइएको बजेट हो’, उनले भने ।
‘तपाई जस्तो युवाले पनि यस्तो दवावमा पर्न थाल्नुभयो भने के हुन्छु मुलुकको अवस्था ? मलाई स्वास्थ्य मन्त्रालयमा ८ सय चानचुन कर्मचारीलाई काज फिर्ता गर्नुपर्दा सम्माननीय प्रधानमन्त्री मेरो पार्टीको सभापतिज्यू, अरु पार्टीका सभापतिज्यूहरू, धेरै माननीय मन्त्रीज्यूहरूको दवाव थियो । कसैको दवावमा पनि एउटा मैले सरुवा गरेको भए मलाई प्रमाणित गरिदिनुस् म अहिले पनि राजीनामा दिन तयार छु । गर्नु पर्यो नी आँट । त्यस कारण यो अलिकता पक्षपातपूर्ण भएको कुरामा तपाईको व्यक्तिगत कमजोरी भएको भन्ने लाग्छ’, बस्नेतले भने ।
‘नेपाली खेलाडीहरू एकदमै मेहनती छन् । एकदमै गर्न सक्छन् । मुलुकलाई चिनाउने एउटा सबैभन्दा ठूलो माध्यम नै खेलकुद हो । खेलकुदले बलियो पनि बनाउँछ’, बस्नेतले भने ।
‘नेपालमा धेरै खेलाडी अलमलिएका छन् । अलपत्र परेका छन् । खेलाडी भएर आफ्ना स्वास्नी, छोराछोरी, बाबुआमा, उसको जीवन धान्ने उपाय गर्न सक्छ की सक्दैन ? खेलकुदमा जिन्दगी बिताएर ? जबसम्म त्यो अनुभूति खेलाडीलाई हुँदैन । खेलाडी भएर पनि म बाँच्छु मप्रति आश्रित परिवारलाई मैले पाल्न सक्छु भन्ने कुरा हुँदैन त्यो बेलासम्म खेल क्षेत्रमा विकास हुँदैन । त्यो हामीले गर्न सकिरहेका छैनौँ । कसैको पनि सरकार भएको बेला खेल क्षेत्रलाई प्राथमिकता दिएको छैन’, उनले भने ।
‘राम्रा राम्रा खेलाडीहरू विदेशिएका छन् । हुन त यो चुनावी राजनीतिक चलखेलमा मेरो झगडा पनि भएको छ, जगत गौचनजीसँग । एशियन गेममा राम्रा राम्रा पदक लिएका थिए । नेपालको एशियाको गोल्डमेडल जित्ने पहिलो नेपाल हो । रुपेश डङ्गोलजी उहाँ दोस्रो मान्छे हो’, उनले भने ।
‘तर, यहाँ कास्य र रजत पदक एशियाली गेममा अलिअलि आएको छ । ओलम्पिकमा त भाग लिन पाएको छैन’, पूर्वमन्त्री बस्नेतले भने ।
‘कुन कुन मेडल चाहिँ नेपालीहरूले बढि लिन सक्छन् ? त्यो हेरेर हामीले प्राथमिकीकरण गर्नु पर्छ । टिमवर्कमा पनि नेपालीहरूमा सुधार भएको छ । क्रिकेटको कुराहरू । सुधार धेरै भएको छ । तर, सिङ्गल लड्ने त्यसमा पनि वेटको आधारमा लड्ने गेमहरू नेपालीहरूले बढि जितेका छन्’, उनले भने ।
‘मार्शल आर्ट र ताइक्वान्दोमा साउथ एशियन गेममा हाम्रा सात देशको कुरा गर्ने हो भने हाम्रा नेपाली खेलाडीहरू उत्कृष्ट छन्, भारतपछि’, उनले भने, ‘नेपालीहरू गर्न सक्नेछन् । वातावरण छैन ।’
‘प्राइभेट सेक्टरले सहयोग नगर्ने हो भने खेल क्षेत्र अपाङ्ग हुन्छ । त्यो प्राइभेट सेक्टरलाई पनि बढिभन्दा बढि सरकारले कसरी सहयोग लिने अथवा कसरी सहयोग दिने विषयमा हामील बढि उत्साहित गर्न सकेनौँ भने अझ धेरै राम्रो हुन्छ’, बस्नेतले भने, ‘सन्तुलित ढंगबाट देशमा सबै क्षेत्रमा कुन क्षेत्रमा कुन खेललाई प्राथमिकता दिने, कुन ठाउँमा कुन खेलमा बढि लगाव दिने त्यो कुरालाई ध्यानमा राखेर बजेट विनियोजन गर्नुपर्छ । पूर्वाधार तयार पार्नुपर्छ ।’
उनले भने, ‘अनावश्यक राजनीतिक हस्तक्षेप भएर खेलाडीहरूलाई निरुत्साहित गर्ने यो क्षेत्रमा छ । कहिले काहिँ एयरपोर्टमा पुगेको खेलाडी त्यसको ठाउँमा अर्को मान्छे जाने उ चाहिँ एयरपोर्टबाट फर्किने यस्तो घटना पनि छ ।’
‘अहिले पनि खेलकुद परिषद, मन्त्रालय सबैको होडबाजी र खिचलोले परिषदले मै हुँ भन्छ, स्वायत्त हुँ भन्छ । खेलकुदमन्त्री निरिह बनेर बस्नुपर्ने हुन्छ । संघहरू आफ्नै ठाउँमा उफ्रिरहेका हुन्छन् कहिले काहिँ । यी किसिमका गडबढीले पनि खेलाडीहरूलाई निरुत्साहित, हतोत्साहित गरेर राख्ने भएको हुनाले यो संघहरूको निर्माणको कुरा खेलकुद परिषद र खेलकुद मन्त्रालयका अधिकारका कुरा र त्यो क्षेत्रबाट खेलाडीहरूलाई पारिएको अफ्ठ्यारो पक्षपातपूर्ण व्यवहारका कुरालाई पनि ध्यान दिन सकिएन भने खेलाडीहरू हतोत्साहित, निरुत्साहित भएर कति यो क्षेत्रमा लाग्ने भन्ने किसिमले उनीहरू तिरस्कृत र अपमानित भएर पलायन हुने अवस्था पनि भएको हुनाले यो क्षेत्रमा पनि हामीले ध्यान दिनुपर्छ’, उनले भने ।
‘सिन्धुपाल्चोकको कुरा गर्ने हो भने भीरमा फुटबल ग्राउण्ड बनाएको छु । पाँच किलोमिटर टाढाबाट पाइपबाट पानी लिएर आएर स्विमिङ पुल बनाएको छु’, बस्नेतले भने, ‘बिहान, बेलुका खेलाडीहरू आइरहनुभएको छ । हरेक वडामा एउटा खेल मैदान र एउटा स्विमिङ पुल भन्ने किसिमले अगाडि बढाइरहेका छौँ ।’
पूर्वमन्त्री बस्नेतले भने, ‘लामासाँघुमा खेल मैदान बनाएपछि सिन्धुपाल्चोकका खेलाडीहरू राष्ट्रिय प्रतिभाहरू दर्जनौको संख्यामा उत्पादन भएका छन् ।’
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया