सभापति देउवाद्वारा संसदीय दल र कार्यसमितिको बैठक आह्वान
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ ।
शुक्रबार कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्नेछ । त्यसपछि संसदीय दलको बैठक बस्ने सूचनामा उल्लेख छ ।
संसदीय दल कार्यसमितिको बैठक शुक्रबार दिउँसो २ बजे संघीय संसद भवन संसदीय दलको नेता एवं सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बस्नेछ ।
संसदीय दलको बैठक शुक्रबार दिनको ३ बजे संघीय संसद भवन नयाँ वानेश्वर, ल्होत्से हलमा बस्ने कार्यक्रम छ ।
बैठकमा सरकारको बजेट र संसदका कामकारबाही लगायतमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले बताएका छन् ।
Published : Wednesday, 2024 June 19, 5:39 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया