सभापति बलायरद्वारा कांग्रेसका २२ विभागमा प्रमुखहरू मनोनयन
काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले २२ वटा विभागको विभागीय प्रमुखमा मनोनयन गरेका छन् ।
शुक्रबार सभापति बलायरले विज्ञप्ति जारी गरेर प्रदेश कार्यसमितिका सदस्यहरूलाई विभागीय प्रमुखमा मनोनयन गरेको जनाएका छन् ।
पदमबहादुर शाहीलाई संगठन, करवीरसिंह कार्कीलाई प्रदेश कानून तथा संसदीय मामिला विभाग, निर्मला बोगटी (विष्ट)लाई प्रदेश तथा स्थानीय निकाय विभाग, धनराज पण्डितलाई सूचना सञ्चार तथा प्रचार प्रसार विभाग, गजराज पाण्डेयलाई भ्रातृ संघ समन्वय विभागको प्रमुखमा मनोनयन गरिएको छ ।
केशरी विष्टलाई शुभेच्छुक संस्था समन्वय विभाग, दीवाकर पाण्डेयलाई पेशागत तथा बुद्धिजीवी विभाग, सुरतबहादुर रावतलाई भाषा, साहित्य कला तथा सांस्कृतिक विभाग, धनबहादुर शाहीलाई शिक्षा, विज्ञान तथा प्रविधि विभाग, डा.मेरा आलम अन्सारीलाई स्वास्थ्य विभाग, अनुराधा स्वाँरलाई गैर सरकारी संस्था तथा सामाजिक सेवा विभाग, टेकराज जोशीलाई भौतिक पूर्वाधार निर्माण तथा यातायात विभागको प्रमुखमा मनोनयन गरिएको छ ।
तेजबहादुर लुहारलाई कृषि तथा भूमिसुधार विभाग, ज्ञानेन्द्रबहादुर सिंहलाई युवा तथा खेलकुद विभाग, जयन्ती जोशीलाई जल, उर्जा तथा प्राकृतिक स्रोत विभाग, झेली रानालाई शान्ति सुरक्षा तथा प्रशासन विभागको प्रमुखमा मनोनयन गरिएको छ ।
रामबहादुर देउवालाई ट्रेड युनियन तथा श्रमिक विभाग, मदन गिरीलाई वैदेशिक रोजगार समन्वय विभाग, टेकबहादुर चौधरीलाई द्वन्द्व व्यवस्थापन विभाग र पुष्पा भट्ट जोशीलाई अन्य पार्टी सम्पर्क विभागको प्रमुखमा मनोनयन गरिएको सभापति बलायले जनाएका छन् ।

बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया