श्रम मन्त्रालयको नाम मीठो, श्रम पनि छैन, रोजगारी पनि छैन : रामहरि खतिवडा
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले श्रम तथा रोजगार मन्त्रालयको नाम मीठो भए पनि त्यो मन्त्रालयसँग श्रम पनि छैन, रोजगार पनि छैन भनेर व्याङ्ग्य गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै खतिवडाले भने, ‘वैदेशिक । नाम कति मीठो छ । श्रम तथा रोजगार मन्त्रालय । श्रम पनि नेपालमा छैन । रोजगार पनि छैन ।’
‘अनि विदेशमा गएर रेमिटेन्सको कुरा गरिन्छ’, उनले भने, ‘रेमिटेन्सको कुरा गर्दा अहिले नेपालबाट सबैभन्दा बढि रेमिटेन्स कहिँ गएको छभने भारतमा गएको छ ।’
उनले भने, ‘भारतको १ देखि ७ देशहरू, महत्वपूर्ण देशहरू एक युएई, दुई युएसए हुँदै सातौँ देश नेपाल पर्दछ रेमिटेन्स हाम्रोमा आउनेभन्दा बाहिर जाने पद्धतिको बढि विकास भएको छ । यसका बारेमा सरकार मौन छ ।’
सांसद खतिवडाले भने, ‘चुनाव अगाडि हामीले घोषणा गर्यौँ । विदेश गएकालाई स्वदेशमा ल्याउने हाम्रो लक्ष्य हो भनेर । सबैभन्दा बढि विदेश अहिले फेरि जाने पद्धतिको विकास भएको छ ।’
‘हामीले कमसेकम श्रममा जाने मान्छेहरूलाई श्रमिकहरूलाई फ्रिमा स्वास्थ्य परीक्षण र आफूले गर्ने कामको बारेमा कमसेकम दुई महिना जानकारीमुलक पद्धति फ्रिमा जानकारी दिने पद्धतिको व्यवस्था गर्यौँ भने राम्रो हुने थियो ।’
‘ती देशमा जाने श्रमिकहरूलाई अवथा नागरिकहरूलाई जानकारी होस् । म यो देशमा जाँदा यति पैसा तिर्नुपर्छ योभन्दा बाहेक तिर्नुपर्दैन भनेर एउटा बडापत्र राख्ने पद्धतिको विकास भयो भने ठगिने पद्धति अन्त्य हुन्छ’, खतिवडाले भने ।
‘एउटा कामका लागि विदेश पठाइदिने, अर्को काम दिने । एउटा कम्पनीका लागि भनेर पठाउने अर्को कम्पनीमा मान्छे लगेर त्यहाँ मृत्युवरण गरेर आउने पद्धतिको अहिले पनि यो बजेटमा धेरै कुरा उल्लेख गरे जस्तो मैले देखेको छैन’, उनले भने ।
‘श्रम तथा रोजगारका कार्यालयहरू कुनै पनि कार्यालयहरू पहाडी एरियामा रहेनरहेछन्’, उनले भने, ‘झापा, मोरङ धनुषा, पर्सा, मकवानपुर, काठमाडौं, कास्की, रुपन्देही, बाँके र सुर्खेत जस्ता तराईका एरियामा मात्र अफिसहरू राख्ने पद्धतिले पहाडीका मान्छेहरूलाई त्यो ठाउँमा अलिक सुविधा हुने कामहरू अहिले पनि बजेटमा आएको छैन ।’
उनले भने, ‘हामी कृषि प्रधान मुलुकमा नेपाल चिनिएको छ । ९० प्रतिशत अथवा ७० प्रतिशत कृषकहरूको धनीको मुलुक हो हामी भन्छौँ । हामी सम्पूर्ण नेपालमा चाहे कोदो भन्नुहोस्, चाहे तेल भन्नुहोस्, चाहे चामल भन्नुहोस्, चाहे दाल भन्नुहोस्, चाहे घ्यू भन्नुहोस् सम्पूर्ण हामीले विदेशबाट आयात गर्नुपर्नेछ ।’
‘नेपालमा फ्रेस भेजिटेबलमात्र मैले हिजो एउटा डाटा हेरे भारतबाट अन्य देशमा पठाइने भेटिबेलमध्ये सबैभन्दा बढि बंगलादेशमा र दोस्रो नेपालमा पठाइँदो रहेछ । फ्रेस भेजिटेबलका रुपमा । कमसेकम नेपालमा अर्गानिक खान पाइन्छ भन्ने एउटा सिद्धान्त मात्रै विकास गरियो भने नेपालमा पर्यटक पनि आउने र कृषिलाई हामी अझ अगाडि बढाउने लक्ष्यमा जान चाहन्छौँ । हामी चार माना रोप्छौँ । छ माना उत्पादन नहुने अवस्था छ । कृषिका लागि थोरै भए पनि नेपालमा अर्गानिक व्यवस्था गरियोस्’, उनले भने ।
‘कृषकका लागि मल अनुदान भनेर ७० अर्ब छुट्टाएकोे देखियो । मैले एउटा समाचार पढेँ । कृषिका लागि, मलका लागि सल्यानको शारदा नगरपालिकामा मान्छेहरू लाइन लागेका छन्’, खतिवडाले भने ।
‘कमसेकम कृषिमन्त्रीलाई थाहा होस् यो समयमा मल चाहिन्छ । यो समयमा मल समयमा समयमा पुर्याउनु पर्छ भन्ने विकास भयो भने कृषकलाई अरु सहायता हुन्छ । कृषकलाई रोजगारका अवसर कसरी दिन सकिन्छ त्यतातिर पनि सरकारले बोलोस्’, कांग्रेसका सांसद खतिवडाले भने ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया