काठमाडौंमा ठूलो रकमसहित २४ जना जुवातास खेल्ने समूह रिसोर्टबाट पक्राउ
काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा झण्डै १० लाख रुपियाँसहित २४ जनालाई काठमाडौंमा पक्राउ गरेको छ ।
सोमबार राति तारकेश्वर नगरपालिका–३ तीनपिप्लेस्थित टोखा नगरपालिका–६ घर भएका २८ वर्षीय आश्रय शर्माले संचालन गरेको चेरी भ्याली रिसोर्टमा प्रहरीले छापामारेर २४ जनालाई पक्राउ गरिएको विज्ञप्तिमार्फत जनाएको छ ।
रिसोर्टभित्र जुवातास खेलिरहेको अवस्थामा २४ जनालाई नगद ९ लाख ८० हजार २ सय ८५ रूपियाँ, ३ बुक तास र ४४ वटा कौडासहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Published : Tuesday, 2026 July 14, 12:49 pm
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया