एमालेका उपाध्यक्ष एवम् पूर्वमन्त्री पौडेललाई हिरासतमा राख्न ३ दिन म्याद थप
काठमाडौं । विशेष अदालत, काठमाडौंले सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वमन्त्री एवम् एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
सोमबार विशेष अदालतले आरोपी पौडेलमाथि अनुसन्धानका लागि पाँचौं पटक म्याद थपेको हो ।
न्यायाधीश नारायणप्रसाद पौडेल र न्यायाधीश उमेश कोइरालाको इजलासले अनुसन्धान प्रयोजनका लागि ३ दिन म्याद थप गर्ने आदेश दिएको अदालतको प्रशासन शाखाले जनाएको छ ।
विभागले उनीमाथि गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको र उक्त सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा अनुसन्धान गरिरहेको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान नसकिएको भन्दै म्याद थपका लागि अदालतमा पेस गरेको थियो ।
Published : Monday, 2026 July 13, 9:11 pm
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया