गणेशका परिवारजनलाई कांग्रेस नेता बस्नेतद्वारा १ लाख हस्तान्तरण
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले आत्मदाहबाट निधन भएका मुगुका गणेश नेपालीको आफन्तलाई एक लाख रुपियाँ हस्तान्तरण गरेका छन् ।
मुगु जिल्लाको सोरु गाउँपालिका वडा नं. १ निवासी २५ वर्षीय गणेशले काठमाडौंमा आत्मदाह गरी मृत्युवरण गर्न विवश हुनुपरेको थियो ।
सो घटनाप्रति मर्माहत कांग्रेस नेता बस्नेतले आइतबार मृतक गणेशको परिवारजनलाई १ लाख रुपियाँ नगद सहयोग प्रदान गरेका हुन् ।
बस्नेतले मृतकको परिवारलाई थोरै भएपनि पीडामा मलमपट्टि होस् भन्ने पवित्र उद्देश्यका साथ सहयोग स्वरुप १ लाख रुपियाँ नगद प्रदान गरेका हुन् ।
मृतक गणेशकी छोरी प्रतिमा नेपालीको स्नातक तहसम्मको पठनपाठनको जिम्मेवारी वहन गर्ने बस्नेतले घोषणा गरेका छन् ।
Published : Sunday, 2026 July 12, 9:38 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया