काउन्सिल अध्यक्ष श्रेष्ठद्वारा पदबहाली, एआईसम्बन्धी निर्देशिका बनाउने
काठमाडौं । प्रेस काउन्सिल नेपालका हालै मनोनीत अध्यक्ष उमेश श्रेष्ठले कार्यभार सम्हालेका छन् ।
सोमबार प्रेस काउन्सिलको कार्यालय, सिनामंगलमा श्रेष्ठले शपथ लिनुका साथै कार्यभार सम्हालेका हुन् ।
अध्यक्ष श्रेष्ठले अहिलेको एआई र सोसल मिडियाको परिवर्तित अवस्थामा प्रेस काउन्सिल नेपालको भूमिकामा परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले प्रेस स्वतन्त्रताको रक्षा गर्नु पनि काउन्सिलको महत्वपूर्ण जिम्मेवारी रहेको बताएका छन् । उनले कुनै पनि दबाबबाट मुक्त भई स्वच्छ भएर पत्रकारिता क्षेत्र र सरकारबीचको पुलको रूपमा काम गर्न प्रयत्नरत रहने बताएका छन् ।
अध्यक्ष श्रेष्ठले कर्मचारीका समस्याहरूलाई समेत प्राथमिकतामा राखेर अगाडि बढ्ने बताएका छन् । अध्यक्ष श्रेष्ठलाई काउन्सिल सदस्य निर्मला शर्मा, सदस्यसचिव छबिन्द्र पराजुली, मुख्य अधिकृत झबिन्द्र भुसाल, वितरण सम्परीक्षण समितिका सदस्य सन्तोष खड्का, वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल, सहप्रशासकीय अधिकृत रामशरण बोहरा, पत्रकारद्वय उज्ज्वल आचार्य र जन्मदेव जैसी, उपप्रशासकीय अधिकृत रहमतुल्ला मियाँसहितका कर्मचारीले स्वागत गरेका छन् ।
अध्यक्ष श्रेष्ठ नेपाली भाषाको पहिलो ब्लग ‘माइसंसार’का संस्थापक तथा ‘नेपाल फ्याक्टचेक’का सम्पादक हुन् । श्रेष्ठलाई सूचना तथा सञ्चार मन्त्रालयको सिफारिसमा असार २४ गतेको मन्त्रिपरिषद् बैठकले काउन्सिल अध्यक्ष मनोनयन गर्ने निर्णय गरेको थियो ।
श्रेष्ठले आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेका छन् । श्रेष्ठले नयाँ सडक दैनिक, स्पेसटाइम दैनिक, सिटी टाइम्स, च्यानल नेपाल, एभिन्यूज टेलिभिजन, नागरिकन्यूज डटकम, अन्नपूर्णपोस्ट डटकम र पहिलोपोस्ट डटकममा काम गरिसकेका छन् ।
श्रेष्ठले ६ अप्रिल २००५ देखि नेपालकै पहिलो युनिकोड ब्लग ‘माइसंसार डटकम’ सञ्चालनमा ल्याएका थिए । उनी सेन्टर फर मिडिया रिसर्च (सीएमआर) नेपालका संस्थापक सदस्य हुन् । श्रेष्ठसँग सीएमआर जर्नालिज्म एकेडेमीमार्फत सञ्चारकर्मीका लागि तथ्याङ्क पत्रकारिता, तथ्यजाँच (फ्याक्ट चेक) र डिजिटल सुरक्षासम्बन्धी तालिम सहजकर्ताको अनुभवसमेत रहेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया