डेमोक्रेटिक अलाइन्समा जाऔँ, संविधानमा भएका कमीकमजोरीलाई संशोधन गरौं : कांग्रेस नेता गौतम
काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले मुलुकलाई निकासा दिन डेमोक्रेटिक अलाइन्स बनाउन प्रस्ताव गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस नेता गौतमले भने, ‘सत्ताको यो जोडघटाउ, गणित, अंकगणित, यसलाई मिलाउने र उसलाई मिलाउने, यसलाई फुटाउने र उसलाई जोड्ने, यो क्रमले कहिलेसम्म चल्छ ? त्यही भएर मैले भनेको हामीसँग धेरै ठूला विकल्पहरू ठूला छैनन् ।’
‘यो संविधानको स्थिरताको लागि यो मुलुकको समृद्धिका लागि अब हामीले नेपाल निर्माणको लागि बरु डेमोक्रेटिक अलाइन्सको बाटोबाट हामी गयौँ र एकपटक सोँच्यौ, पुर्नविचार गर्नुछ । संविधान बनाउँदा हामीले विचार गरेका थियौं । राम्रो बाटो हुन सक्छ’, उनले भने ।
‘अब संविधानमा भएका कमीकमजोरीलाई विश्लेषण गर्ने, केलाउने र त्यसलाई संशोधन गर्ने, त्यसलाई उचित समय आएको छ’, गौतमले भने, ‘उचित अवसर आएको छ । यो सदनले यो समयलाई प्रयोग गरोस् । नेताहरूमा सदबुद्धि ओस् ।’
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया