कांग्रेसद्वारा चार वटा समूह गठन, कुन समूहमा को को ?
काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैठकमा पेश भएका प्रस्तावहरूमा समूहिक छलफल गर्न चार वटा समूह बनाएको छ ।
बुधबार गोदावरीस्थित सनराईज सभाहलमा समूहगत छलफल हुनेछ । चार वटा समूहको बैठक विभिन्न हलमा बस्नेछन् । बैठकमा सहभागी हुन कांग्रेसले महासमिति सदस्यहरूलाई बिहान ८ बजे गोदावरीमा आइपुग्न निर्देशन दिएको छ ।
सोमबारदेखि सुरु भएको कांग्रेसको महासमिति बैठकमा मंगलबार पेश गरिएका प्रतिवेदनमा बुधबारदेखि चारवटा हलहरूमा छलफल हुनेछ ।
गोदावरी हलमा कोशी र सुदूरपश्चिम प्रदेश, कोञ्ज्योसोम हलमा लुम्बीनी प्रदेश, भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरूको छलफल हुनेछ ।
फूलचोकी हलमा बागमती र गण्डकी प्रदेश र विशंखुनारायण हलमा मधेश र कर्णाली प्रदेशको समूहगत छलफल हुनेछ ।
कांग्रेसको महासमिति बैठक फागुन १० गतेसम्म सञ्चालन हुनेछ । बुधबार बिहान ९ बजेबाट समूहगत रुपमा छलफल हुनेछ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया