बालकुमारी घटनाको प्रतिवेदनबारे दाहाल, देउवा र नेपालबीच वार्ता
काठमाडौं । दुई जनाको ज्यान जाने गरी भएको बालकुमारी घटनाको प्रतिवेदनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ ।
सोमबार राति प्रधानमन्त्री निवास बालुवाटारमा दाहाल, देउवा र नेपालबीच छलपल भएको हो । सभापति देउवा पार्टी उपसभापति समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई लिएर बालुवाटार पुगेका थिए । नेताहरूबीच प्रतिवेदन अध्ययन गरेर एउटा निष्कर्षमा पुग्ने समझदारी भएको छ ।
दुई जनाको ज्यान जाने गरी पुस १३ गते भएको घटनाबारे जाँचबुझ गर्न बनेको आयोगले शुक्रबार गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको छ ।
प्रतिवेदनमा घटना हुनुमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, उनका पीएसओ र प्रहरीका फिल्ड कमाण्डर डीएसपीलाई जिम्मेवार ठहर गरिएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया