गठबन्धन गर्ने कि नगर्ने विषय अहिले नै निर्णय लिइहाल्न उपयुक्त हुँदैन : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने कुरा अहिले नै निर्णय गरिहाल्न उपयुक्त नभएको बताएका छन् ।
सोमबार ललितपुरको गोदावरीमा महासमिति बैठकलाई सम्बोधन गर्दै देउवाले वर्तमान गठबन्धन आगामी गठबन्धनबारे आगामी निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा अहिले नै निर्णय लिइहाल्न उपयुक्त नभएको बताएका हुन् ।
देउवाले जतिबेला गठबन्धनको आवश्यकता पर्छ त्यतिबेला नै छलफल गरेर उचित निर्णय लिनुपर्ने बताए ।
उनले भने, ‘भविष्यमा राजनीतिक गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा तत्कालीन परिस्थितिमा निर्भर हुन्छ ।’
‘त्यसैले पार्टीले तत्कालीन परिस्थितिअनुसार गठबन्धनको औचित्य, सान्दर्भिकता लगायतका विभिन्न ठोस मूल्यांकन र छलफल गरी त्यसै बेलामा उचित निर्णय लिनसक्नेछ’, देउवाले भने ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया