कांग्रेससहितका दलका २४ नेता कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिन माग, घटनाको भर्त्सना
काठमाडौं । नेपाली कांग्रेसले सिरहा जिल्लाको मिर्चैयामा भएको धरपकडको घटनाको घोर निन्दा र भर्त्सना गरेको छ ।
शनिबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप गरेर मुद्दा दर्ता गराएको भन्दै विरोध जनाएका छन् ।
भ्रष्टाचार, बेथिति, पक्षपातको विरुद्ध र जनताको हितका लागि सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा नेपाली कांग्रेस लगायत विभिन्न राजनीतिक दल र सर्वसाधारण व्यक्तिहरूद्वारा २०८० माघ २८ गते गरिएको शान्तिपूर्ण संयुक्त आन्दोलनका क्रममा सो नगरपालिकाका नगर प्रमुखको ठाडो निर्देशनमा प्रहरी प्रशासनले बल प्रयोग गरी आन्दोलनकारीहरूलाई धरपकड गरेको घटनाको कांग्रेसले घोर निन्दा र भर्त्सना गरेको जनाएको छ ।
उक्त विषयलाई लिएर राजनीतिक पूर्वाग्रह राखी स्थानीय नेताहरू धनेश्वर यादव, रमेश न्यौपाने, जिवछ यादव लगायत २४ जनाविरुद्ध दर्ता गरिएको राजनीतिक प्रतिशोधपूर्ण झुठा मुद्दा अविलम्व फिर्ता लिन नेपाली कांग्रेस सरकारसँग जोडदार माग गरेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया