माल्दिभ्समा आपराधिक गतिविधिमा संलग्न आठ नेपालीहरू देश निकाला
नयाँदिल्ली । विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको अभियोगमा माल्दिभ्सले ८ जना नेपालीहरूलाई देश निकाला गरेको छ ।
देश निकाला हुनेमा नेपालसहित १२ देशका नागरिक छन् । नेपालीहरूसहित १८६ जना नागरिकलाई देश निकाला गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
देश निकाला गरिएकामा नेपालका ८, भारतका ४३, बङ्गलादेशका ८३ र श्रीलङ्काका २५ जनासहित १८६ जना नागरिक रहेका छन् ।
भिसा उल्लङ्घन र लागुऔषध सम्बन्धी अपराधमा संलग्न रहेको आरोपमा उनीहरूलाई देश निकाला गरिएको जनाइएको छ ।
गैर कानूनी रुपमा सञ्चालति व्यावसायहरूलाई नियन्त्रण गर्न यस्तो कदम उठाइएको माल्दिभ्सका गृह मन्त्री अलि इहुसानले बताएका छन् ।
माल्दिभ्सको अध्यागमन नियन्त्रक शमान वाहिदले अपराध गरेको पुष्टि भएपछि १८६ विदेशीलाई माल्दिभ्सबाट देश निकाला गरिएको बताएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया