कांग्रेसद्वारा यातायात व्यवस्थापन उप–समितिमा सदस्यहरू मनोनयन
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य धना खतिवडाको संयोजकत्वमा गठित यातायात व्यवस्थापन उप–समितिलाई विस्तार गरेको छ ।
आइतार विज्ञप्ति जारी गरेर कांग्रेसले महासमिति बैठकका लागि व्यवस्थापन गर्ने उद्देश्यले उप–समितिलाई विस्तार गरिएको छ ।
फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन यातायात व्यवस्थापन उप–समितिमा सदस्यहरू मनोनयन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
मनोनयन भएका सदस्यहरूमा योगेन्द्रनाथ कर्माचार्य (काभ्रे), केदारनाथ पौडेल (बर्दिया), शरद अधिकारी (धादिङ्ग), सानुकाजी प्रजापति (काठमाडौं) रहेका छन् ।
सुमन गिरी (नुवाकोट), धर्म भण्डारी (झापा) र महेश्वर थापा (ललितपुर)लाई पनि उप–समितिको सदस्यमा मनोनयन गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया