कांग्रेसको महासमिति बैठकको प्रचार प्रसारका लागि उप–समिति गठन
काठमाडौं । नेपाली कांग्रेसले फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं केन्द्रीय सूचना, संचार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माको संयोजकत्वमा गठित ‘प्रचार प्रसार उप–समिति’लाई पूर्णता दिएको छ ।
शुक्रबार कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर उप–समितिमा सदस्यहरू मनोनयन गरेको जनाएका छन् ।
उप–समितिको सदस्यहरूमा किरण गिरी (काठमाडौं), बद्री सिग्देल (बर्दिया), सरोज अधिकारी (धादिङ), रोजी पराजुली ढकाल (मोरङ), महेश्वर गौतम (काठमाडौं), केदारनाथ दाहाल (ललितपुर) र जगत प्रजापति (भक्तपुर) रहेका छन् ।
Published : Friday, 2024 February 9, 9:27 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया