एमालेका पूर्वसांसदलाई तीन वर्ष कैद र १ अर्ब ७२ करोड जरिवानाको फैसला
काठमाडौं । नेकपा (एमाले)का पूर्वसांसद समेत रहेका सिभिल सहकारीमा घोटाला गरेका इच्छाराज तामाङलाई ३ वर्ष कैद र १ अर्ब ७२ करोड जरिवाना भएको छ ।
एमालेका पूर्वसांसद तामाङविरुद्ध आइतबार विशेष अदालतले सजाय निर्धारण गरेको छ । उनलाई ३ वर्ष कैदको फैसला भएको छ ।
माघ ७ गते कसुर ठहर भई आइतबार सजाय निर्धारण हुँदा तामाङलाई तीन वर्ष कैदको फैसला सुनाइएको छ ।
विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले कैद र जरिवाना सुनाएको छ ।
इजलासले प्रतिवादी तामाङलाई तीन वर्ष कैदसहित बिगो रकम १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपियाँ कायम भएको छ ।
पूर्वसांसद तामाङकी श्रीमती सिर्जना शाक्यबाट १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४८७ रुपियाँ बिगो भराई १ वर्ष ६ महिना कैद सजाय हुने ठहर भएको छ ।
प्रतिवादी सिभिल सहकारीका अध्यक्ष रहेका केशवलाल श्रेष्ठलाई पनि १ वर्ष ६ महिना कैद सजाय गरिएको छ । २५ करोड ६५ लाख ८६ हजार १२४ रुपियाँ बिगो भराउने फैसला भएको छ ।
प्रतिवादीहरु इच्छाराज तामाङ र सिर्जना शाक्यले छोरीहरू प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा लुकाएको सम्पत्ति तथा प्रतिवादी केशवलाल श्रेष्ठको श्रीमती मीना श्रेष्ठको नाममा राखिएको सम्पत्तिसमेत जफत हुने फैसला गरिएको छ ।
सम्पत्ति शुद्धीकरणको मुद्दामा सम्पत्ति जफत हुने फैसला गरिएपनि सिभिल सहकारीका निक्षेपकर्ताहरू पीडित रहेको कारण काठमाडौं जिल्ला अदालतमा जारी ठगी मुद्दामा कसुर ठहर भएमा सो सम्पत्तिको पहिलो प्राथमिकता पीडितहरूलाई हुने समेत फैसलामा उल्लेख छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया