सिंगापुरमा फेसबुकले डाटा सेन्टर खोल्ने
लण्डन । सिंगापुरमा फेसबुकले डाटा सेन्टर खोल्ने भएको छ । डाटा सेन्टर सन् २०२२ मा सञ्चालनमा आउनेछ ।
सिंगापुरको पश्चिमी भागमा स्थापना हुने डाटा सेन्टर निर्माणमा १ अर्ब अमेरिकी डलर खर्च हुनेछ ।
फेसबुकले ११ तले भव्य भवन निर्माण गर्ने बीबीसीले जनाएको छ । नयाँ डाटा सेन्टरका लागि फेसबुकले सिंगापुर छनोट गर्नुको कारण ठूला प्रविधि कम्पनीहरूमा सिंगापुरप्रति लोकप्रियता बढ्नुको संकेत रहेको जनाइएको छ ।
१ लाख ७० हजार वर्गमिटरको क्षेत्रफलमा रहने डाटा सेन्टरमा सयौँ मानिसले रोजगारी पाउनेछन् ।
भवन शतप्रतिशत नवीकरणीय उर्जाबाट चल्नेछ । यसमा पानी र उर्जाको खपत न्यूनीकरण गर्ने लिक्विड कुलिङ सिस्टम रहनेछ ।
Published : Monday, 2018 September 10, 6:52 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत