सुन तस्करी प्रकणमा सीआईबी प्रमुख एआईजी बज्राचार्यसँग बयान

काठमाडौं । सुन तस्करीसम्बन्धी ‘जाँचबुझ आयोग’ले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)की प्रमुख (एआईजी) किरण बज्राचार्यलगायतका उच्च व्यक्तिहरुसँग बयान लिएको छ ।

सोमबार सिंहदरबारमा आयोगले बज्राचार्यलगायतसँग बयान लिएको हो । आयोगले ब्रेक सुमा लुकाएर ६० किलो सुन भित्रिएको थियो । भेपमा पनि ९ किलो सुन तस्करी भएको थियो । सुन तस्करी प्रकरणमा संलग्न भई थुनामा रहेका, तारेखमा छुटेका र सङ्कास्पद व्यक्तिमाथि धमाधम बयान लिइरहेको आयोगले जनाएको छ ।

आयोगले काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका तत्कालीन प्रमुख अच्युतमणि न्यौपाने, अध्यागमन विभागका पूर्व महानिर्देशक झलकराम अधिकारी, एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाललगायतसँग पनि बयान लिएको स्रोतले जनाएको छ ।

सुन तस्करी प्रकरणमा थुनामा रहेका, तारेखमा छुटेका र सीआईबीले अनुसन्धान छाडेका व्यक्तिसमेतलाई आयोगले बयान लिएको जनाएको छ ।

आयोगका अध्यक्ष डिल्लीराज आचार्यले थुनामा रहेका ३२ प्रतिवादी र सीआईबीले छाडेका १३ संकास्पद व्यक्तिसँग बयान लिएको बताएका छन् । आयोगले विभिन्न निकायका ३० जनासँग पनि सोधपुछ गरेको छ ।

आयोगले भन्सार कार्यालयसँग आयोगले सुन तस्करीमा संलग्न बाबुराम दोङ, चन्द्र घलेलगायतको अनुसन्धान प्रतिवेदनामा पनि अध्यायन गरेको छ ।

ब्रेक प्याडभित्र लुकाएर तस्करी भएको ६१ किलो सुनमा जोडिएका एकजनालाई एआईजी बज्राचार्यले उन्मुक्ति दिएको आरोप छ ।

सुन तस्करी काण्डमा फरार रहेका व्यक्तिविरुद्ध डिफ्युजन नोटिस जारी गर्न अन्तर्राष्ट्रिय प्रहरी संगठनलाई (इन्टरपोल) पत्राचार भएको छ । अनुसन्धानको बेलामा सीआईबीमा बोलाएर एकजनालाई एआईजी बज्राचार्यले थुनामा नराख्न र प्रतिवादी कायम नगर्न निर्देशन दिएको आरोप छ ।

तस्करले ब्रेक सुमा लुकाएर साउन २ गते ६१ किलो ७ सय ग्राम सुन हङकङबाट र गत वर्ष इलेक्ट्रिक चुरोट भेपमा लुकाएर दुबईबाट ११ किलो सुन नेपाल भित्र्याएका थिए ।

आयोगले प्रतिनिधिसभाको राज्य व्यवस्था समिति, लेखा समिति तथा समितिका सदस्यहरुसँग पनि सुन तस्करी प्रकरणका विषयमा परामर्श गरेको छ ।

Published : Thursday, 2024 February 1, 8:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया