एमालेको समर्थनमा मुख्यमन्त्री बनेका बिद्रोही कार्कीले नेताहरुलाई गाडीसहितको सुविधाहरु दिए
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाका पदाधिकारी थप हुने गरी अध्यादेश जारी गरेका छन् ।
कार्कीले सत्तारुढ दलका नेताहरुलाई गाडी सुविधा थप गर्न केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गरेका हुन् । मुख्यमन्त्री कार्कीले माघ ६ गते अध्यादेश जारी गरेका छन् ।
चोर बाटो प्रयोग गरेर मुख्यमन्त्री कार्कीले प्रदेशसभाको अधिवेशन अन्त्य गरेको १० दिनपछि सत्तारुढ दलका नेताहरुलाई सुविधा दिनेगरी अध्यायदेश ल्याएका हुन् ।
थप गरिएका पदाधिकारीलाई कोशी प्रदेश सरकारले प्रदेशसभा सचिवालयमार्फत गाडी, ड्राइभर र इन्धनलगायत अन्य सुविधा दिनेछ ।
अध्यादेश ल्याएर प्रदेशसभा सदस्य रहेका पूर्वमुख्यमन्त्री र सरकारमा सहभागी रहेका दलका संसदीय दलका नेता र प्रतिपक्षी दलका संसदीय दलका नेतालाई पनि पदाधिकारीमा राखिएको छ ।
अध्यादेश जारी भएपछि पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई, पूर्वमुख्यमन्त्री उद्धव थापा, माओवादी केन्द्रका दलका नेता इन्द्रबहादुर आङ्बो, प्रतिपक्षी दल राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला र जसपाकी एकमात्र सांसद निर्मला लिम्बु पनि पदाधिकारीमा पर्नेछन् ।
उनीहरुले प्रदेशसभा सचिवालयबाट गाडी सुविधा पाउने र मासिक सुविधा पनि बढी पाउनेछन् ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया