कांग्रेस सभापति देउवाद्वारा थारू संघ गठन, सदस्यहरु मनोनयन (नाम)
काठमाडौं । नेपाली कांग्रेसले नेपाल थारू संघ, केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरू मनोनयन गरेको छ ।
सभापति शेरबहादुर देउवाले शिवनारायण महतो गुरौको अध्यक्षतामा तदर्थ समिति गठन गरेका हुन् । गठित नेपाल थारू संघ, केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा देहायका व्यक्तिहरुलाई आज मनोनयन गर्नु भएको छ ।
आइतबार बिहान विज्ञप्ति जारी गरेर कांग्रेसका ९८ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । केन्द्रीय सदस्य समेत रहेका थारु विभागका संयोजक योगेन्द्र चौधरीले थारु संघका मनोनीतहरुलाई कार्यकालको शुभकामना दिएका छन् ।
समितिमा पान्डवलाल चौधरी (झापा), सुमिता चौधरी (मोरङ), उर्मिलादेवी चौधरी (सुनसरी), वीरेन्द्र चौधरी (सप्तरी), प्रमोद चौधरी (सिरहा), सुशीला चौधरी(सर्लाही), धनीराम चौधरी (दाङ), देवानजंग चौधरी (दाङ), केउलापती चौधरी (दाङ), सुरजलाल थारू (कपिलवस्तु) मनोनयन भएका छन् ।


बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया