रवि लामिछानेका ससुरा पनि पराजित, कांग्रेसका सिटौला विजयी

विराटनगर । कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला विजयी भएका छन् ।

बिहीबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार सिटौलाले राप्रपाका उम्मेदवार उद्धव पौडेललाई पराजित गरेका छन् । सिटौलालाई हराउन केही प्रदेशसभा सदस्यहरुले फ्लोर क्रस गरेका थिए ।

सिटौलाले प्रदेशतर्फ ४५ सांसदको मत पाउँदा उद्धवले ४७ सांसदको मत पाए । उम्मेदवारी निष्क्रिय बनाएपनि एमालेका पर्शुराम अधिकारीले पनि प्रदेशतर्फ १ मत पाए ।

स्थानीय तहतर्फ सिटौला १५३ जनाको मत पाउँदा उद्धवले १०९ जनाको मात्रै मत पाए । यस्तै एमालेका पर्शुरामले ५ जनाको मत पाए ।

सिटौलाले कुल ५२९२ मतभार प्राप्त गरेका छन् । पौडेलले ४५६२ मतभार प्राप्त गरेका छन् । अधिकारीले १४८ मतभार प्राप्त गरेका छन् ।

राष्ट्रियसभाको निर्वाचनमा पराजित भएका राप्रपाका उद्धव पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका ससुरा हुन् । लामिछानेले पनि ससुरालाई जिताउन निकै जोडबल गरेका थिए ।

Published : Thursday, 2024 January 25, 6:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया